समाचार

बुधबार थपिए कोरोनाका चार सय ८२ संक्रमित

बुधबार कोरोनाभाइरसका चार सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।

देशका २३ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

मंगलबारसम्म कोरोनाका विरामी १३ हजार पाँच सय ६४ जना थिए। यो संख्या बढेर बुधबार १४ हजार ४६ जना पुगेको हो।

अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्।

कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। बुधबार अछामका एक जनाको मृत्यु भएको हो। उनी मधुमेहका बिरामी थिए। गत असार १६ गते उनमा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयले छिटै १० वटा प्रयोगशाला थप गरी परीक्षण गर्ने प्रवक्ता गौतमले बताए। स्वास्थ्यकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *