समाचार

गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या एक हजार १४ पुग्यो

काठमाडौ, १८ असार –गण्डकी प्रदेशमा थप नया आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार १४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरामा गरिएको परीक्ष्णमा थप नया आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा बागलुङका एक जना, स्याङजाका दुई जना, तहुका तीन जना, पर्वतका दुई जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

स्वास्थ्य निर्देशक डा.शर्माका अनुसार सङ्क्रमित सबै व्यक्तिलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *