अन्तरास्ट्रिय

सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।

छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ । अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ? किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन्। परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”

केही दिन अघि “छिछोरे” चलचित्र हेर्न पाएको थिएं । त्यसमा सुशान्त सिंहले बुवाको रोल गर्दा भनेको डायलग थियो ।सुशान्त, यति राम्रा शब्दहरु स्क्रिप्ट पढ्दा पनि पढे हौला, एक्शनको समयमा पनि दोहोर्याऊ होला, डबिंगको समयमा पनि फेरी भनेउ हौला, तर असल जीवनमा किन बिर्सी हाल्यौ ?

तनावका क्षणहरूमा शक्तिशाली व्यक्तिहरूले पनि आ त्मह त्या गर्छन । ती मानिसहरु जो सँग सबै हुन्छ शान … शौकत … स्थिति … पैसा .. तर यी मध्ये केहिले पनि रोक्न सक्दैन ..त्यसोभए के कमी हुँदो रहेछ ?

त्यो उचाइमा एउटा असल साथीको अभाव हुँदो रहेछ । जो सँग “चाँदीको कप” मा होइन एउटा सानो चियाको पसलमा बस्न सकियोस जो बकवासित कुराहरु बाट जोकर बनेर हँसाऊन सकोस । त्यो, जो सँग बसेर मुटु भित्रका गोप्य कुराहरु गर्न सकियोस । त्यो, जसलाई देख्दा बित्तिकै आफ्नो तनाव बिर्सन सकोस । त्यस्तो एउटा मित्र, त्यस्तो असल साथी जसले भन्न सकोस, “छोड़ यार सब कुरा, तं चिया पी … म छँदैछु नि तेरो साथमा ।

अन्तमा यसैले महत्व राख्दछ … सम्पूर्ण विश्वको धन एकातिर … सबै तनाव एकातिर .. त्यो साथी एकातिर ! सुशान्त, तिमीले किन पाएन छौ त्यस्तो साथी ?तर यदि तपाइँसँग त्यस्तो साथी छ भने उसको मूल्य बुझ्नुहोस् … गै हाल्नुहोस एक साँझ त्यो साथी सँग चिया पिउन एउटा सानो चिया पसलमा … जीवन धेरै सुन्दर हुनेछ ….. !

याद राख्नुहोस यदि कसैले तपाइँको तनावसँग लड्न सक्छ भने त्यो हो तपाइँको साथी र उसँगको एक कप तातो चिया !!!सुशांत सिंह राजपूत एक जीवन्त अभिनेताको आत्मालाई ईश्वर शान्ति प्रदान गरुन । उहाँको स्वर्गमा बास होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *