आर्थिक

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौं – आइतबार सुनचाँदीको मुल्यमा कुनै घटबढ भएको छैन । शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारा्ेबार भएको छापावाल सुनको मूल्य आज स्थीर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज आज तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि स्थीर रहेको छ । आज चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

धरान : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ। कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन्।

बेलायतले बर्सेनि प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ। यसपटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो।

धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ। यसपटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *