समाचार

काठमाडौं

२१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् ।

शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शनिबार कोरोना भाइरस (कोभिड-१९) का बिरामीमा औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीका औषधि लोपिनोभिर/रिटोनोभिरको प्रयोगमा बन्द गर्न गइरहेको बताएको छ । डब्ल्यूएचओले यी औषधिको प्रयोगले संक्रमितको मृत्युदर घटाउन नसकेको निष्कर्ष निकाल्दै यसको प्रयोगमा रोक लगाएको हो ।

कोरोना भाइरसको उपचारको फरक फरक किसिमको खोप तथा औषधिको प्रयोगको क्रममा यसलाई यी औषधिलाई आशााको रुपमा हेरिएको थियो । साथै यो समाचार डब्ल्यूएचओका अनुसार दुई लाखभन्दा धेरै संक्रमित फेला परेको बताएकै दिनमा आएको हो ।

शुक्रबार विश्वभर कोरोना भाइरसका दुई लाख १२ हजार ३२६ संक्रमित फेला परेका थिए । जसमध्ये अमेरिकामा मात्र ५३ हजार २१३ संक्रमित फेला परेका थिए ।

विश्वभर नै अहिले विभिन्न औषधिबारे अनुसन्धान चलिरहेको छ । यसैबीच डब्ल्यूएचओले एक अन्तर्राष्ट्रिय कमिटिको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताएको छ । यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना गर्नु नपरेका मानिसमा यो औषधिले कस्तो असर पार्छ भन्ने विषयमा भने केही बताएको छैन ।

स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *