प्रमुख समाचार

कोरोना मिटर : आज एक सय ८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाै सय ६४ पुग्याे

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नयाँ थप भएकाे समेत हालसम्म संक्रमितको संख्या नाै हजार नाै सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लमजुङमा ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो

लमजुङमा सोमबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बेंसीसहर नगरपालिका– ११ का ३८ वर्षीय पुरुष, बेंसीसहर– ८ का २५ वर्षीय र २ का ३५ वर्षीय पुरुष रहेका छन् । यस्तै, सुन्दरबजार नगरपालिकाका १ र ८ का २२ वर्षीय र ३१ वर्षीय पुरुष रहेका छन ।

त्यस्तै राइनास नगरपालिका– ४ का ४७ वर्षीय पुरुष रहेका छन् । क्वहोलासोंथर गाउँपालिका– ९ का २४ र ४५ वर्षीय पुरुष, दोर्दी गाउँपालिका– १ का ३० वर्षीय पुरुष र मध्यनेपाल नगरपालिका– ३ का ५४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए।

उनीहरू सबैलाई जिल्लामा रहेको आइसोलेसनमा ल्याउने तयारी भएको प्रशासनले जनाएको छ । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। लमजुङमा हालसम्म तीन महिला र सात पुरुष गरी १० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय कोरोनासंक्रमितको संख्या बढेसँगै शनिबारबाट लमजुङमा लकडाउनलाई थप कडाइ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *