समाचार

काठमाण्डौ सहित उपत्यकाका तिन जिल्लामा ठुलो संख्यामा थपिए कोरोनाका नयाँ संक्रमित !

काठमाडौं-नेपालमा आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको १६ हजार १६८ संख्या पुगेको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ७ हजार ४९९ पुगेको छ ।
काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा परेको छ।संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै थप ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो।
सोमबार काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।बिरामीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ। यस्तै कोरोना संक्रमणमा उडानका कर्मचारी पनि परेका छन्। सोमबार मात्रै नेपाल वायुसेवा निगमका सातजना कर्मचारीमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको थियो।उनीहरु सबै कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारमा खटिएका थिए।
कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ ।अस्पतालको बहिरङ्ग विभाग, वार्ड र कतिपय विभागमा बिरामी समूह समूहमा बस्ने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा सामाजिक दूरी कायम गर्न भन्दै सन्देशमूलक सामग्री टाँसेको भए पनि बिरामी र कुरुवाले त्यसको पालना गरेको पाइदैन । कतिपयले माक्सको प्रयोग समेत नगरेको पाइएको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालको आइसोलेसन भरिएको छ । अरु स्वास्थ्य समस्या लिएर आउने पनि क्रमिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा आउने बिरामीलाई कोभिडबाट बच्नका लागि के गर्नुपर्छ भन्ने जानकारी भए पनि बेवास्ता गरिरहेको निर्देशक डा विष्णुप्रसाद शर्माले बताउनुभयो । आमनागरिक सचेत नभएकोभन्दा पनि अटेरी भएको उहाँले बताउनुभयो । दुई महिनासम्म बन्दाबन्दी किन भयो र हामीले यो रोगबाट बच्न के गर्नुपर्छ भन्ने धेरैलाई जानकारी छ । सञ्चारमाध्यमले पनि पटक पटक हात धुनु, माक्स लगाउनु र सामाजिक दूरी कायम गर्नु भनिरहेको छ । लकडाउनको कारण धेरैले दुःख पाएको, काममा जान नपाएको र कतिपयले खान पाएनन् भन्ने धेरैले बुझेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यो कुरा बुझेर पनि भीडभाड गरिरहेको देखिन्छ ।”
अस्पताल प्रशासनले भने आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरिरहेको छ । कोभिड र नन कोभिड सेवाका लागि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कोभिड बिरामीलाई आवश्यक आइसोलेसन, आकस्मिक कक्ष, आइसियूलगायतको छुट्टै व्यवस्थापन गरिएको छ । अस्पतालले चिकित्सकलाई आवश्यक माक्स, पिपिईलगायतको स्वास्थ्य सुरक्षाका सामग्री दिएको र दूरी कायम गर्न भनिएको निर्देशक शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *