समाचार

उपत्यकामा २ सय ६७ जना कोरोना संक्रमित, ७९ जना विदेशबाट आएका

काठमाडौं उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको जनाए।

यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको पाण्डेले बताए।

‘उहाँहरू बढी कुवेत, साउदी र माल्दिभ्सबाट आउनुभएको छ,’ उनले भने।

उनले अहिलेसम्म कुल संक्रमितमध्ये ९७ प्रतिशत आयातित केस रहेको र तीन प्रतिशत मात्र ‘ट्राभल हिस्ट्री’ नभएको संक्रमित रहेको जनाए।

साथै संक्रमितहरूमध्ये ९९ प्रतिशतमा लक्षण नदेखिएको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *