अन्तरास्ट्रिय

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन विचार गर्दैछ : माइक पोम्पेओ

अमेरिकाले टिकटक सहितका चिनियाँ सामाजिक सञ्जाल यापहरूमा प्रतिबन्ध लगाउने सोच बनाइरहेको अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले सोमवार बताएका छन् ।

फक्स न्युजकी लाउरा इनग्राहमसँगको अन्तर्वार्तामा पोम्पेओले यस विषयलाई आफूहरूले निकै गम्भीरतापूर्वक हेरिरहेको बताए ।उनले भने, ‘हाम्रा जनताको सेल फोनमा चिनियाँ यापहरूको कुरा गर्दा अमेरिकाले त्यसमा सही निर्णय गर्नेछ । राष्ट्रपति ट्रम्पले भन्दा अगाडि म केही बोल्न चाहदिनँ तर हामी यसमा सोचविचार गरिरहेका छौं ।’

आफ्नो निजी सूचना चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझाउने हो भने मात्र याप डाउनलोड गरे हुन्छ, पोम्पेओले भने ।टिकटकले यस विषयमा प्रतिक्रिया जनाइसकेको छैन ।अमेरिका र चीनबीचको तनाव उचाइमा पुगेको बेलामा राष्ट्रिय सुरक्षा, व्यापार र प्रविधिका विषयमा संघर्ष जारी छ ।

टिकटक बेइजिङमा रहेको बाईटडान्स नामक कम्पनीको याप हो । अमेरिकी राजनीतिकर्मीहरूले यस यापको सम्बन्ध चीनसँग भएको आरोप लगाउँदै आएका छन् ।टिकटकले चाहिँ बाईटडान्सभन्दा फरक रही काम गर्ने गरेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *