आर्थिक

यति धेरै पुग्यो सुनको मूल्य तोलाको कति हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि अमेरिकी डलरसहित सबै विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

आज असार २४ गते बुधबार आज अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबंैकले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२० रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ १९ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १ रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ८० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३८८ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ २७ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *