मनोरंजन

विबादमा आउन नचाहाने अक्षय कुमार, अप्ठ्यारोमा फसे (भिडियाेसहित)

भारतीय लोकप्रिय अभिनेता अक्षय कुमार पनि विबादमा तानिएका छन् । भारतमा कोरोना महामारी बढेर त्रासको अवस्था आइरहेका अक्षयकुमारले लकडाउनमा नियम विपरित हेलिकप्टर यात्रामा निस्किएपछि विबादमा तानिएका हुन् ।

दुई दिनका लागि हेलिकप्टरमा महाराष्ट्रमा रहेको नासिकको त्रियंबकेश्वर गएपछि विबादमा आउन नचाहाने अक्षय अप्ठ्यारोमा फसेका छन् । अनुमति नै नलिई नासिक पुगेर अक्षयले कमिश्नरसहित प्रहरी अधिकारीलाई भेटेको तस्बिर समेत अहिले बाहिरिएको छ ।

यस विषयमा अक्षयको टिमले भने स्वास्थ्य समस्याका कारण चिकित्सकलाई भेट्न गएको बताए पनि अक्षयले भने अहिलेसम्म केही बोलेका छैनन् । महाराष्ट्रका मन्त्री छगन भुजबलले अक्षयले अनुमती नै नलिई नियम उलंघन गर्दै गरेको कामको विषयमा जिल्ला कलेक्टरसँग सोधपुछ गरिएको जनाएको छन्।

बाँकि हेर्नुहाेस् भिडियाेमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *