समाचार

सभामुख सापकोटा सिन्धुपाल्चोकको पहिरोपीडित बस्तीमा (तस्बिरहरू)

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ५ स्थित जम्बु पुगेका छन्।

गए राति गएको पहिरोमा ११ घर बगाएको र २ जनाको मृत्यु भएको घटनापछि त्यस ठाउँको अवस्था बुझ्न बिहीबार सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टर चढेर जम्बु पुगेका हुन्।

सभामुख सापकोटाले जम्बुका पहिरोपीडितलाई भेटेका छन्। सभामुख सापकोटाको बुधबार आँखाको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको एउटा आँखाको पट्टी अझै खोलिएको छैन।

बाह्रविसे जम्बुबाट चार जना घाइतेलाई उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। पहिरोमा परी हराइरहेका १६ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजि कार्य जारी छ।

तस्बिरहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *