समाचार

ह्याम्स अस्पतालको छतमा घाइते लिएर उत्रियो हेलिकप्टर( तस्बिरहरू)

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

सविना बस्नेत, सुवेश वाइवा तामाङ, बुटीमाया तामाङ र फुर्वा तामाङ र १० दिने शिशुको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। उनीहरूको अहिले उपचार भइरहेको अस्पतालले जनाएको छ।

उनीहरूलाई कैलाश एयरलाइन्स र माउन्टेन एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो।

जम्बुमा बाढीपहिरोले अझै १७ जना सम्पर्कविहीन छन् भने पहिरोमा परी अहिलेसम्म दुई जनाको शव भेटिएको छ।

२० वर्षीय निकेश बस्नेत र उनकी करिब डेढ वर्षीया छोरी मीनाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिला, पर्यटन र कानूनमन्त्रीसहित नेकपा नेताहरू र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर चढेर पुगेका थिए।

पहिरोले जम्बुमा ११ घर बगाएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।

तस्बिरहरू :

https://raracms.setopati.com/uploads/shares/2020/sujita/pahiro ghaite uddar/ghaite uddar (1).jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *