मनोरंजन

यी अभिनेत्रीसँग विवाह हुनै लाग्दा सलमानको रोकिएको थियो विवाह, यसकारण हुन सकेन विवाह ?

काठमाडों – बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आइरहने सलमान कहिले काही विवाहका कारण पनि चर्चामा आउने गर्छन् । कोरोनाका कारण घरमै समय बिताइरहेका सलमानको पछिल्लो समय पुराना कुराहरुको चर्चा चलिरहेको छ ।

विवाहको उमेर हुँदा पनि अहिलेसम्म उनी विवाहबन्धनमा बाधिँएका छैनन् । उनको नाम बलिउडका धेरै अभिनेत्रीहरुसँग जोडिने गर्छ । कुनै समय सलमानको कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो ।

उनीहरुले सन् १९९४ को २७ मे मा बिहे गर्ने तय पनि गरेका थिए । संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । बैबाहिक जीवनमा बाँधिने तयारीमा रहेका सलमानको अन्त्यमा विवाह हुन सकेन ।

संगीताले सलमानसँग विवाह गर्न अस्वीकार गरिन् । विवाहलाई लिएर सलमानको परिवार खुशी थियो तर संगीताको परिवार भने खासै खुशी थिएनन् । संगीताले पछि क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा विवाह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *