अन्तरास्ट्रिय

डोनाल्ड ट्रम्पले पहिलो पटक लगाए मास्क

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी सुरु भएयता पहिलोपटक मास्कमा देखिएका छन्।वाशिङटन नजिकैको वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा उनले पहिलोपटक मास्क लगाएको देखिएको हो। उनी सो अस्पतलामा घाइते सैनिक तथा स्वास्थ्यकर्मी भेट्न गएका थिए।

यसअघि उनले सार्वजनिक रुपमा मास्क लगाउन अस्वीकार गर्दै आएका थिए।शनिबार ह्वाइटहाउसबाट निस्कँदै गर्दा उनले मास्क लगाएका थिए। उनले भनेका थिए, ‘अस्पतालमा धेरै मानिससँग भेटघाट हुने भएकाले त्यहाँ मास्क लगाउनु आवश्यक हुन्छ।’

अमिताभ र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडले गर्‍यो स्वास्थ्य लाभको कामना

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडमा उनीहरुको स्वास्थ्यलाभको कामना गर्न थालिएको छ। कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बच्चन परिवारका सदस्यहरु जया बच्चन, ऐश्वर्या राय बच्चन र अन्य कर्मचारीको परीक्षण गरिएको र रिपोर्ट आइतबार आउने जनाएका छन्।

बलिउड अभिनेता रीतेश देशमुखले अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘चाँडै निको हुनुहोस्, म तपाईंको परिवारका लागि प्रार्थना गर्छु।अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।

अमीशा पटेलले यो नराम्रो खबर भएको भन्दै अमिताभ चाँडै ठीक हुने कामनासहित इश्वरसँग प्रार्थना गरेको उल्लेख गरेकी छन्।यस्तै, बलिउड पाश्र्वगायक अदनान सामी र अभिनेत्री सिमी ग्रेवालले पनि बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *