समाचार

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ सय ४७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ।

आइतबार उपत्यकामा ६ जना थपिएसँगै कुल संख्या ३ सय ४७ पुगेको हो। जसअनुसार काठमाडौंमा ५ जना र ललितपुर जिल्लामा १ जना थपिएका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमितमध्ये धेरैजसो बाहिरबाट आएकाहरु छन्।

कतै पनि यात्रा नगरेका पनि केही संक्रमित रहेको उनले बताए। उपत्यकाका विभिन्न १२ ठाउँबाट समुदायस्तरको नमुना संकलन गरिएको उनले बताए। संकलन भएको ३ हजार नमुनामध्ये ३ जनामा मात्रै संक्रमण देखिएको उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।

त्यस्तै कत्ति पनि संक्रमित नभएका जिल्लाहरुमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला छन्।

आइतबार देशभर थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ। यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *