समाचार

काठमाडौंमा चल्यो बस, मयुर यातायातका सेवा यो रुटमा आजदेखि सुरु

काठमाडौं, २९ असार । काठमाडौंमा आजवाट बस सञ्चालन सुरु भएको छ । सरकारले स्वास्थ्य सचेतना अपनाउदै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि काठमाडौंका ब्यवसायीले यातायात सञ्चालन नगर्ने बताएा छन् । तर मयूर यातायातले काठमाडौं उपत्यकामा मा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले भने सोमवार बस सेवा सञ्चालन गरेको हो । सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म मयुर यातायातका बस चलाउन भएका छन् ।

सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताएका छन्। उनका अनुसार कम्पनीले काठमाडौं(धुलिखेल(पनौती रुटमा दुई बस चलाएको छ। रिङगरोडमा ४ वटा बस चलाउन थालेको छ। मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने जनाएको छ। ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरिएको श्रेष्ठले बताए। तर बसमा यात्रु र कर्मचारीलाई पनि मास्क अनिवार्य गरिएको छ।

सरकारले यातायात सञ्चालन गर्न अनुमति दिएको भएपनि अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने भन्दै सार्वजनिक यातायात ब्यवसायीले बस चलाएका छैनन् । उनीहरुले सय प्रतिशत यातायात भाडा बढाउनुपर्ने माग राखेका छन् । सरकारले ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न र सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ । कोरोनाको जोखिम कायम रहेकाले सरकारले सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न आह्वान गरेको हो । बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै यातायात ब्यवसायीले बस चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए । तर अहिले सरकारले सेवा सञ्चालन गर्न अनुमति दिएपछि आन्दोलन गर्दै ब्यवसायीले यातायात चलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *