राजनिति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केहीबेर अघिबाट बैठक बसेको हो ।

बैठकले मुलुकमा कोरोना महामारीको अवस्था बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा केही निर्णय गर्ने बुझिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुझाव दिनेछ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले काठमाडौंमा जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले जानकारी दिएको हो ।

मंगलबार दिउँसो बसेको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।

जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *