रोचक

यी महिनामा विवाह गर्ने जोडी हुन्छन् धेरै भाग्यशाली !

काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो । जहाँ धेरै जिम्मेवारीहरु रहेका हुन्छन् । दुई मनबीचको मिलनका साथै दुई परिवारबीचको संयोजनलाई हामी विवाह भन्ने गर्दैछौँ । तर आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिनेछौँ ।

१. नोभेम्बर-डिसेम्बर

यी २ महिनालाइ मानिसहरुले धेरै मनपराउछन्। सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।

२. मार्च-अप्रिल

यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमांटिक हुन्छन्। यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जिबनमा धेरै खुशी र रोमाञ्चक हुन्छ। यी जोडीहरुले एकअर्काको आवश्यकताको ध्यान राख्छन्। आफ्नो साथी र परीवारको बारेमा पनि सोच्ने गर्दछन्।

३. मे-जुन

यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन्। जबकि मेदेखि जूनको बीचमा विवाह गर्ने व्यक्तिहरूको प्रकृति कहिले काहिँ उल्टो पनि हुन्छ।

४. जनवरी-फेब्रुअरी

यी महिनामा वैवाहिक बन्धनमा बाधिने जोडीहरुले एकदम साधा जीवन बिताएका हुन्छन्। तर यो पनि सत्य हो कि यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।

५. जुलाई-अगस्ट

जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एक-अर्काको ख्याल राख्छन्। यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।

६. सेप्टेम्बर-अक्टोबर

सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एक-अर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन्। घुम्ने र रमाइलो गर्ने यी ३ महिनामा विवाह गर्ने व्यक्तिहरूको बानि जस्तो हुन्छ र विवाहपछि पनि धेरै घुम्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *