समाचार

कोराना जितेका स्वास्थ्यकर्मी सिंहको मृत्यु

काठमाडौं । वीर अस्पतालमा कार्यरत सि अहेब कालु सिंहको मृत्यु भएको छ । कोरोना संक्रमण पछि दुइ हप्तासम्म वीर अस्पतालको आईसियुमा बस्नुभएका सिंहलाई केहीदिन अघि कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

मंगलबार बिहान पाँच बजे स्वासप्रश्वासमा समस्या आएपछि तत्काल वीर अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको एक घण्टा पछि सिंहको मृत्यु भएको हो । सिंह मुटुरोगी समेत हुनुहुन्थ्यो

काठमाडौं । भिटामिन ‘डि’ ले हाड र मांशपेशीलाई बलियो बनाउँछ । भिटामिन ‘डि’ ले क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राख्छ । यतिमात्र होइन, भिटामिन ‘डि’ ले ‘डि’ प्रेशनलाई पनि कम गराउने अध्ययनहरुले देखाएका छन् ।

भिटामिन ‘डि’ को कमीले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा पनि हस ल्याउँछ । यसको अर्थ भिटामिन ‘डि’ को कमीले मोटोपन, मधुमेह, मुटुरोगका समस्या पनि देखिन थालेको अध्ययनहरुले देखाएका छन् ।

भिटामिन ‘डि’ को मुख्य स्रोत सुर्यको किरण हो । सुर्यको किरणमा भएको अल्ट्रा भायोलेट किरणको सहयोगले हाम्रो छालाले भिटामिन ‘डि’ बनाउँछ, जुन प्राकृतिक रुपमा भिटामिन ‘डि’ प्राप्त हुन्छ । खानेकुराबाट पनि भिटामिन ‘डि’ पाइन्छ । माछा र अण्डाबाट पनि प्रर्याप्त मात्रामा भिटामिन ‘डि’ पाइन्छ ।

उत्तर पश्चिम देशहरुमा कोरोना संक्रमित र भिटामिन ‘डि’ को बारेमा एक अनुसन्धान गरिएको थियो । सो अनुसन्धानले संक्रमितहरुमा भिटामिन ‘डि’ कमी भएको पाइयो । साथै,भिटामिन ‘डि’ को कमी भएका संक्रमितलाई जटिलता आउने पनि देखियो ।

संक्रमितहरुमा भिटामिन ‘डि’ को कमी हुनुमा संक्रमण भएपछि घरबाहिर निस्कन नपाउने हुँदा घामको किरणको अभावले हो कि भन्ने अनुमान गरिएको छ । त्यसैले आइसोलेसन घाम छिर्ने खालको हुनुपर्दछ ।

कोरोनाबाट अति प्रभावित चीन, इरान, इटाली, दक्षिण कोरिया, स्पेन, स्वीजरल्याण्ड, बेलायत र अमेरिकामा सो अध्ययन गरिएको थियो । जोन हप्किन्स यूनिभर्सिटिका विज्ञहरु पनि भिटामिन ‘डि’ को समस्या नभएका संक्रमितमा थप जटिलता नआउनेमा सहमत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *