समाचार

दँशैमा दाइको ससुरालीमा टिका लगाउन गएका राम मृ’त अबस्थामा फेला

मकवानपुर, १४ कात्तिक-बागमती गाउँपालिका-९ बेतिनीस्थित सामुदायिक भवनको छेउमा हेटौंडा उपमहानगरपालिका(४ बस्ने १९ वर्षीय राम गुरुङ शुक्रबार मृ’त अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका बेतिनीस्थित दाजुको ससुरालीमा बिहीबार बेलुका टिका लगाउन गई घर फर्केका गुरुङ उक्त स्थानमा बेहोस अवस्थामा छन् भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा श’व फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बसको ठक्करबाट मृ’त्यु- धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा शनिबार राति ना.५ ख ४९६ नम्बरको बसले गोरुगाडालाई ठक्कर दिंदा गाडा चालक हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृ’त्यु भएको छ ।

बसको ठक्करबाट २ वटा गोरु र एउटा भैंसीको समेत घटनास्थलमै मृ’त्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *