समाचार

उपत्यकामा एकैदिन १८८८ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५ सय १७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १८ सय ८ड जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमार्फत १४ हजार ९ सय ८९ जनाको पिसीआर परिक्षणमा ३५ सय १७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएको हो ।

त्यसैगरी आज २४ घन्टामा ४०९६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख २८ हजार ९ सय ५८ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १८८८ जना मध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् ।

आज ३५ सय १७ कोरोना संक्रमित थप

नेपालमा कोरोना भाइरसका आज ३५ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *