समाचार

उपत्यकाका बासिलाइ भर्खरै आयो अत्यन्तै दु:खद खबर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना सं:क्रमित भेटिएका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****sourcektmdainik.com

काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो १ बजेतिर ज्यान गएको काठमाडौं महानगरपालिकाका वडा नं १० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनी उच्च रक्तचापको बिरामी रहेको बताइएको छ ।

त्यस्तै, आइतबार अपराह्न बानेश्वर हाइटमा एक वृद्धाको ज्यान गएको वडाध्यक्ष केसीले जानकारी दिए । करिब ८ दिन अघि कोरोना संक्रमण देखिएकी ती वृद्धा होम आइसोलेसनमा नै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *