जिबनशैली

बिहे गर्दैछिन् स्वेता खड्का ?

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।

यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।

उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *