समाचार

नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार नाघ्याे

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाबाट २० जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे कुल सङ्ख्या एक हजार चार पुगेकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६६ जनाकाे नमुना परीक्षण भएकाे हाे ।

त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेकाे छ ।

अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *