आर्थिक

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मुल्य आज पनि तोलामा ९ सय रुपैयाले बढेको हो ।

मंगलबार प्रतितोला ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ९० पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ८५ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *