समाचार

कोरोनाबाट अस्पतालको ल्याबमा कार्यरत २८ वर्षीय युवकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ती युवक अस्पतालको ल्याबमा कार्यरत थिए ।

अन्य कुनै पनि समस्या नभएका २८ वर्षीय युवकको कोरोना संक्रमणकै कारण ज्यान गएको अस्पतालले जनाएको छ । उनको आज बिहान ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनी कात्तिक १५ गते कोरोना पुष्टि भएपछि साइकृष्ण मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रन्जित झाले ती युवकमा अन्य कुनै रोग नभएर कोरोना संक्रमणकै कारण ज्यान गएको बताएका छन् । खाजा र चिया खाँदै गर्दा अचानक मृत्यु भएको डा.झाले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *