अन्तरास्ट्रिय

किम जोङ उनका भतिजा ‘सम्पर्कविहीन’

एजेन्सी । कोरियाका शासक किम जोङ उनका भतिजा सम्पर्कविहीन भएका छन् । उनका २५ वर्षीय भतिज किम हान सोल सम्पर्कविहीन भएको खबर यतिबेला सोशल मिडियामा भाईरल बनिरहेको छ ।

किम जोङका भतिज किम हानलाई जोगाउन केही समयअघि संयुक्त राज्य अमेरिकाको सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सिआइए) ले भतिजालाई नियन्त्रणमा लिएको थियो ।

सिआइएले नियन्त्रणमा लिएपछि अहिले किम हान कहाँ छन्, कस्तो अवस्थामा छन्, उनी कोसंग छन्, भन्ने केही कुरा कसैलाई थाहा नै छैन । उनका परिवार समेत यो उनको हालको ठेगानाबाट बेखबर छन् । उनी पछिल्लो समय कसैको सम्पर्कमा नरहेको कुरा कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोल किमका सौतेनी दाइ किम जोङ नामका छोरा हुन् । किम जोङ उनका दाई नामको सन् २०१७ मा मलेसियाको विमानस्थलमा रहस्यमय तरिकाले ह ‘त्या गरिएको थियो । त्यसपछि उनको परिवार भा’ग्दै हिँडेको छ ।

बुवाको ह ‘त्या भएका बेला सोल मकाउमा थिए । केही अभियन्ताहरूले उनलाई त्यहाँबाट भा’ग्न सहयोग गरेका थिए । यो कुरा अमेरिकी म्यागजिन न्यु योर्करमा ‘द अ’न्डर’ग्राउन्ड मुभमेन्ट ट्राइइङ टु टपल द नर्थ कोरियन गभर्मेन्ट’ शीर्षकको लेखमा सोलबारे उल्लेख गरिएपछि बाहिर आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *