समाचार

विदेशवाट श्रीमान आउँदा श्रीमती छैनन्, अस्पतालको शैयामा पुगेका श्रीमानको सन्देश, ‘तिमीले माया गर्ने मान्छेलाई लिएर आउ म फुलमाला लगाएर खुसीसाथ पठाइदिन्छु’ (भिडियो हेर्नुस्)

माछापुछ्रे गाउँपालिकाका राजु विक अहिले सिकिस्त विरामी छन् । उनी अस्पतालको सैयामा बसेका छन् । वैदेशिक रोजगारीमा थिए उनी । तर घरमा भने श्रीमती अर्कैसंग बसेको गाउँलेले देखेपछि उनलाई खबर पठाइदिए ।

श्रीमान आएपछि यसको छिनोफानो गर्ने भनेर गाउँले बसेका थिए तर श्रीमान आउनुभन्दा अघि नै राजुको श्रीमती घर छोडेर हिडिन् । राजु घर आएपछि दैनिक काममा ब्यस्त भए । त्यही बेलामा रुखबाट ल डेर घाइते भएका छन् ।

विदेशवाट उनी कात्तिक १८ गते नेपाल आएका हुन् । उनी आउँदा श्रीमती घरमा थिइनन् । छोराछोरीको बिचल्ली भएको र अरुको शरणमा राखिएको अवस्थामा देखेका थिए । छोराछोरीलाई स्याहार गरेका थिए त्यही बेलामा अर्को दशा लाग्यो ।

उनले आफ्नो दाई भाई भन्दै युवकलाई घरमा राखेकी थिइन् । गाउँलेले विश्वास गरेका थिए तर जो युवकलाई उनले घरमा राखेकी थिइन् उनकै श्रीमतीले घरमै आएर बबाल गरेपछि त्यो खुलेको थियो ।

यो खबर थाहा पाएपछि पनि उनले विदेशवाट पैसा पठाइदिएका थिए । कहिले काहीं मानिसको बुद्धि विग्रन्छ अब आफ्नो बानी सुधारेर छोराछोरी स्याहार गरेर बस भनेर आफुले सम्झाएको बताएका छन् । तर घर आउँदा श्रीमती नदेखेपछि उनी दुखि भएका छन् ।

तर पनि उनले श्रीमतीको माया मा र्न सकेका छैनन् । उनी भन्छन्, मेरो माया लाग्दैन भनेपछि फर्केर छोराछोरी स्याहार गरोस् तर अरु कोही नै उसलाई मन परेको छ भने पनि त्यो कुरा उसले भनोस् मैले जसरी विवाह गरेर ल्याएको थिए त्यसरी नै विदाई गरेर पठाइदिन्छु ।

उनले ससुरालीले पनि आफुलाई सहयोग नगरेको बताएका छन् । अहिले आफ्नो यस्तो अवस्था हुँदा पनि ससुरालीले छोराछोरीको रेखदेख पनि नगरेको बताए । आफुले गल्ती गरेका कारण श्रीमान आएपछि केही गर्छ की भन्ने डरले कतै लुकेर बसेको हुनसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *