अन्तरास्ट्रिय

संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कति हुन्छ तलब र सुविधा ? थाहा पाउनुहोस्

अमेरिकाको राष्ट्रपतिको पद विश्वकै सर्वोच्च पद मानिन्छ । यो पद हासिल गर्ने व्यक्तिले अमेरि’काको संवि’धानमा उल्लेख भए ब’मोजिम विभिन्न सुविधा प्राप्त गर्छन् ।अमेरिकी कानु’नमा उल्लेख भए अनुसार अमेरि’की राष्ट्रपतिकोे वार्षिक तलव चार लाख डलर हुन्छ । त्यसका साथै एउटा आवास, २४ सै घण्टा स्टा’फको व्यवस्था, व्य’क्तिगत प्लेन तथा हेलि’कप्टरको सुविधा प्राप्त हुन्छ भने सवारी’का लागि विश्वकै सबैभन्दा सुरक्षित ‘लिमोजिन’ कारको व्यवस्था हुन्छ।

यसबाहेक, राष्ट्रपति’लाई विभिन्न १७ वटा शीर्ष’कमा भत्ता प्राप्त हुन्छ । जसमा खाना, खाजास’हितको पचास हजार डलर बराबरको वार्षिक व्यय भत्ता, एक लाख डलर बराबरको कररहित ट्राभ’ल भत्ता, १९ हजार डल’रको मनोर’ञ्जन भत्ता सामेल हुन्छ ।अमेरिकी राष्ट्रपति’लाई ह्वाइट हाउ’समा आवासको समेत व्यव’स्था हुन्छ ।

जम्मा छ तल्ले ह्वाईट हाउसमा एक सय ५ वटा कोठा छन् । जहाँ एक टेनिस कोर्ट, एक बांलिङ्ग एली, एक पारि’वारिक मुभी थिएटर, जगिङ्ग ट्रयाक, स्वीमिङ्ग पुल लगायतका सुविधा रहेको छ । घरको मर्मतसंहारका लागि वार्षिक एक लाख अमे:रिकी डलर भत्ता प्राप्त हुन्छ । त्यस्तै, राष्ट्रपतिको अतिथि’का लागि व्लेयर हा’उसको समेत व्यवस्था हुन्छ ।

अमेरिकी राष्ट्रप’तिलाई सेक्युरि’टीको व्यवस्था, निशुल्क स्वास्थ्य सेवा, हेल्थ इन्स्योरेन्सको समेत व्यवस्था हुन्छ । साथै, राष्ट्रपति तथा उनको परिवारलाई २४ अ‍ैं घण्टा कडा सुरक्षा प्रदान गरिएको हुन्छ । अमेरिकी राष्ट्रपतिलाई छुट्टी भने हुँदैन । यसको सट्टा उनी’हरुलाई दृश्या’वलोकन गर्ने अवसर प्राप्त हुन्छ ।

सेवानिवृत भएप’छि अमेरिकी राष्ट्रप:तिलाई व’र्षैभरी पेन्सनको समेत व्यवस्था हुन्छ । सेवा निवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वार्षिक दुई लाख अमेरि’की डलर प्राप्त हुनुका साथै स्टाफ’सहित एउटा अफिसको व्यवस्था हुन्छ । यसबाहेक, पूर्व राष्ट्रपतिको विध’वालाई वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *