मनोरंजन

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, सबै कलाकारहरुले आफ्ना पत्नि र छोराछोरीलाई अन्तरवार्तामा ल्याएर फेमस भइरहँदा राजुले अहिलेसम्म पत्निको एउटा पति तस्विर बाहिर नल्याउनुको कारण यस्तो रहेछ, भ्वाइसबाट मात्रै यत्रो मोटो रकम लिने राजुले खोले परिवार भित्रका यस्ता रहस्यहरु, आँफु हाँसीरहे पनि भित्र भित्रै समस्यामा रहेछन् राजु, हेर्नुहोस् भिडियो


हामीकहाँ कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापनमा सकस भैरहेको छ । शवको अन्त्येष्टि गर्न वा संक्रमितको शव छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् ।

तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ ।

पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने क्रम बढिरहेको छ । कोरोना सम्बन्धी कडा कानूनका बाबजुत पनि शव चोरीका यस्ता घटना बढेसँगै सरकारले अन्त्येष्टि स्थल तथा शवगृहहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

इण्डोनेसियाको पछिल्लो कोरोना सम्बन्धी नियम अनुसार संक्रमित मृतकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अन्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो ।

कोरोना कानूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अन्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा शव खोस्नका लागि मृतकका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ । अन्त्येष्टिका लागि तयारी हालतमा राखिएका कतिपय शवहरु अस्पतालबाटै चोरी भएका बताइएको छ ।

शव चोरीको यस्ता घटनामा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून उल्लंघनको अभियोगमा ७ वर्षको जेल सजायँ हुन सक्नेछ ।

उता इण्डोनेसियाको दोश्रो सहर सुराबजास्थित एक अस्पतालबाट समेत संक्रमितको शव चोरी भएको छ । उत्तः घटनामा संलग्न ४ जना मानिसहरु समेत पक्राउ परेका छन् । त्यस्तै जाकार्ताको नजिकै पर्ने बेकासी क्षेत्रमा पनि त्यस्तै घटना भएको छ । त्यहाँ आफन्तहरुले मृतकको कोरोना भाइरस परीक्षणको नतिजा नआउँदै शव चोरेर लगेका छन् । मृतकको स्वास परीक्षणको रिपोर्ट ढिलो गरी आएको र मृतकमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *