समाचार

असोज १३ गते कर्मचारीलाई बिदा !

काठमाडौं । महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ ।उक्त दिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो । सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ ।

जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् ।महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् ।यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ ।

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?
सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले १२.९१३ प्रतिशत बोनस र कर सहित ३.०८७ प्रतिशत नगद लाभांश दिने भएको छ ।उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *