खेलकुद

साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता

साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता बनेको छ । भारतले नेपाल बिरुद्ध तीन गोल गर्दै विजेता बनेको हो । भारतको जीतमा कप्तान सुनिल क्षेत्री नायक बने । भारतले दोश्रो हाफमा गरेको तीन गोल नै खेलको निर्णायक बन्न पुग्यो ।

यसअघि बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध लगाइने निर्णय गरेको थियो । यसको कारण भने अनौठो थियो । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने भनेको थियो । यसलाई नेपाललाई खेल जित्न नदिने भारतको चालको रुपमा बुझिएको थियो । तर नेपाली खेलाडीले भने गर्व गर्न लायक खेल प्रस्तुत गरेका थिए साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता बनेको छ । भारतले नेपाल बिरुद्ध तीन गोल गर्दै विजेता बनेको हो । भारतको जीतमा कप्तान सुनिल क्षेत्री नायक बने । भारतले दोश्रो हाफमा गरेको तीन गोल नै खेलको निर्णायक बन्न पुग्यो ।

यसअघि बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध लगाइने निर्णय गरेको थियो । यसको कारण भने अनौठो थियो । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने भनेको थियो । यसलाई नेपाललाई खेल जित्न नदिने भारतको चालको रुपमा बुझिएको थियो । तर नेपाली खेलाडीले भने गर्व गर्न लायक खेल प्रस्तुत गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *