आईतबार शोकमा सबै विद्यालय बन्द

0

काठमाडौं – दुर्घटनामा परेर तीन विद्यार्थीको मृत्यु भएपछि दाङको गढवा गाउँपालिकाका सबै विद्यालय आईतबार बन्द हुने भएका छन् ।

शुक्रबार दुर्घटनामा परेर तीन विद्यार्थीको मृत्यु भएपछि शोकमा सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

शनिबार तीन वटै किशोरीको सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा ठूलो संख्यामा मलामीसँगै प्रदेशसभा सदस्य दामा शर्मा, जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर चिसापानी फर्कने क्रममा रा१त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन विद्यार्थीको शुक्रबार मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.