यी हुन् जनतालाई बेस्सरी ठग्ने कम्युनिस्ट सांसद, जनता भए निराश !

0

काठमाडौं – दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका कम्युनिस्ट सांसद गणेशसिंह ठगुन्नाले आफैंलाई भोट दिएर जिताउने जनतालाई बेस्सरी ठगेका छन् ।

सांसद ठगुन्नाले जनतालाई ठगेका मात्रै छैनन्, उनीहरूका आँखामा छारो समेत हाल्न भ्याएका छन् ।

सांसद ठगुन्नाले आफ्नो फेसबुक पोस्टमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव दार्चुलाको भ्रमणमा आउने तथा जिल्ला अस्पताल दार्चुलाको अनुगमन निरीक्षण गर्ने र सामग्री हस्तान्त्रण गर्ने कार्यक्रम रहेको लेखेर दार्चुलाका जनतामा भ्रम फैलाएर ठगेका हुन् ।

सांसद ठगुन्नाले आफ्नो फेसबुकमा कात्तिक ८ गते २०७६ कात्तिक १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदूत सहितको टोली महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माण स्थलको स्थलगत निरीक्षणको लागि दार्चुला जाने र सोही दिन स्वास्थ्यमन्त्री यादवले दार्चुला जिल्ला अस्पताल निरीक्षण र सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको व्यहोरा जानकारी गराइन्छ भनेर लेखेका छन् ।

सांसद ठगुन्नाले लेखेको केही कुरा मात्रै मिलेको छ । भारतीय राजदूतसँगै उपप्रधामन्त्री एवं स्वास्थ्यमन्त्री यादव दार्चुला गए । तर दुर्भाग्य सांसद जिल्ला अस्पतालको निरीक्षण तथा सामग्री हस्तान्तरण गरेनन् । त्यसपछि दार्चुलाकै सांसदबाट दार्चुलाका जनता ठगिए ।

सांसद ठगुन्नाको फेसबुक पोस्ट हेरेर खुशी भएका दार्चुलावासी मन्त्रीको भ्रमण पश्चात निराश भएका छन् । आफ्नै सांसदले जनतालाई ठगेको महसुस गरिरहेका छन् ।

सांसद ठगुन्नाले फेसबुकमा झुटा कुरा लेख्दै भोट दिएर जिताउने जनतालाई ठगेको आरोप लागेको छ ।

Leave A Reply

Your email address will not be published.