आईतबार छठको सार्वजनिक बिदा

0

काठमाडौं – छठ पर्वका अवसरमा उदाउँदो सूर्यलाई अर्घ्य दिनुपर्ने दिन कात्तिक १७ गते आईतबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने शनिबार मात्रै छठ मानेको छ र शनिबार स्वतः बिदा परेको छ ।

छठ पर्व सम्बन्धी कार्य शनिबार र आइतबार परेकाले प्रदेश २ सरकारले आईतबार समेत बिदा दिएको हो । शनिबार अस्ताउँदो सूर्य र आईतबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदैछ ।

छठ पर्व कठोर पर्व भएको र दुवै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा २ दिन बिदा दिने उल्लेख गरिसकेको छ ।

प्रदेश २ बाहेक अन्य प्रदेशमा भने आईतबार छठको बिदा तोकिएको छैन । छठ सम्बन्धी कार्य शनिबार र आईतबार दुवै दिन परेपनि संघीय सरकारले समेत आईतबार बिदा दिएको छैन ।

Leave A Reply

Your email address will not be published.