खेलकुद

एट्लेटिकोसँग बराबरीमा रोकियो बार्सिलोना, मेसीले गरे करिअरको ७००औं गोल

स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडले बराबरी खेल्दै अंक बाढेका छन्। मंगलबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले २-२ गोलको बराबरी खेलेर अंक बाढेका हुन्। एट्लेटिकोका डिएगो कोस्टाले खेलको ११ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। १९ मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। साउल निग्युजले एट्लेटिकोका लागि पेनाल्टीमा गोल गरेका थिए। बार्सिलोनाले ५०औं […]

खेलकुद

सेल्टा भिगोसँग २-२ को बराबरीमा रोकियो बार्सिलोना

स्पेनिश ला लिगा अन्तरगत शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। बार्सिलोना सेल्टासँग २-२ को बराबरीमा रोकिएको हो। सेल्टाका कप्तान इयागो आस्पासले खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि लिगमा बार्सिलोना हिजोको खेलमा अंक बाड्न बाध्य भयो। आइतबार स्पानोयोललाई पराजित गरेमा यस बराबरीको फाइदा लिगको दोश्रो स्थानमा रहेको रियल मड्रिडलाई हुनेछ। आइतबारको खेल […]

खेलकुद

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि, ३० वर्षपछि फर्कियो खुसी

१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले […]

खेलकुद

सेनाको जागिरले भलिबलमा मौका, मौकामा सुनिताको चौका

२१ जेठ काठमाडौं । ओखलढुङ्गामा स्कुल पढ्दै गर्दा सुनिता खड्काले राष्ट्रिय टिमबाट भलिबल खेल्ने र देशका लागि उपाधिसमेत जित्ने कुनै कल्पना नै गरेकी थिइनन् । खासमा भलिबल उनको ‘वीस लिस्ट’ मा नै थिएन । तर जीवनमा कतिबेला कुन घुम्ती आउँछ, कसैलाई थाहा हुन्न । छोरीलाई कमजोर सोच्ने पुरातनवादी समाजबाट माथि उठेर २५ वर्षीय सुनिताले आज […]

खेलकुद

मेस्सी गोल मात्र गर्दैनन्, गोलका लागि सहयोग गर्न पनि माहिर छन्

१० असार काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका राष्ट्रिय टिमका कप्तान लियोनल मेस्सी गोल गर्न माहिर छन् । स्पानिस क्लब बार्सिलोनाको इतिहासमा मेस्सीभन्दा धेरै गोल कसैले गरेका छैनन् । अर्जेन्टनाको फुटबल इतिहासमा पनि मेस्सीभन्दा धैरै गोल कसैले गरेको छैन । मेस्सीले एकै क्यालेन्डर इअरमा पनि धेरै गोल गरेका थिए । उनले जति एकै क्यालेन्डर इअरमा कसैले […]

खेलकुद

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्। बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि […]

खेलकुद

राकिटिकको गोलमा जित निकाल्दै बार्सिलोना फेरि शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगाको पुन: शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई १-० ले पराजित गरेर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाका लागि इभान राकिटिकले ७१ मिनेटमा गरेको गोल निर्णायक बन्यो। राकिटिकलाई गोल गर्न कप्तान लिओनल मेसीले पास उपलब्ध गराएका थिए। जारी सिजनमा मेसीको यो १५औं एसिस्ट हो। जितपछि बार्सिलोनाले ३१ खेलबाट […]

खेलकुद

पाकिस्तानका थप ७ जना क्रिकेटर कोरोनाबाट संक्रमित

पाकिस्तान क्रिकेट टिमका थप जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तान क्रिकेट बोर्डका अनुसार दोस्रो चरणको नतिजामा सात जना खेलाडीसँगै एक जना अफिसियललाई पनि कोरोना लागेको हो। यसअघि मंगलबार तीन जना क्रिकेरलाई कोरोना लागेको थियो। पाकिस्तानले गत सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोनाको परीक्षण गराएको थियो। जसमा १० जना खेलाडी संक्रमित […]

खेलकुद

युभेन्ट्स विजयी, रोनाल्डोले गरे सिजनको २२औं लिग गोल

इटालियन सिरि ‘ए’ मा युभेन्ट्सले बोलोग्नालाई पराजित गरेको छ। शीर्ष स्थानको युभेन्ट्सले २-० को जित निकालेको हो। युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले २३ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। युभेन्ट्सका डि लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे। जारी सिजनमा रोनाल्डोको यो २२औं लिग गोल हो। उनले गत सिजन २१ गोल गरेका थिए। […]

खेलकुद

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको छ। अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक नै छ। यसअघि बार्सिलोना चौथो स्थानको सेभियासँग बराबरीमा रोकिएको थियो। रियल म्याड्रिड हेड टु हेडको […]