राजनिति

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

१४ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, […]

राजनिति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केहीबेर अघिबाट बैठक बसेको हो । बैठकले मुलुकमा कोरोना महामारीको अवस्था बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा केही निर्णय गर्ने बुझिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुझाव दिनेछ । […]

राजनिति

विदेशबाट आउनेले सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

४ भदौ, काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका […]

राजनिति

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खुल्ने

हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको […]

राजनिति

संसदीय समितिका बैठक रोक्न सदस्यको माग, सचिवालय भने थोरै बैठक गराउने पक्षमा

कर्मचारीको दबावपछि संघीय संसदका समिति बैठकहरू आवश्यक परेको अवस्थामा मात्र बस्ने भएका छन्। सरकारले संसद अधिवेशन अन्त्य गरे पनि संसदीय समितिका बैठकहरू निरन्तर भैरहेका थिए। तर सांसद प्रदीप यादव र संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई नै कोरोना देखिएपछि कर्मचारीहरूले बैठक नगर्न सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र समितिका सभापतिहरूलाई दबाव दिएका हुन्। संघीय संसद सचिवालय […]

राजनिति

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। ‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,’बैठकका एक सहभागीले सेतोपाटीसँग भने,’कतिपय विज्ञहरूले त कर्फ्यूसमेत लगाउन भन्नुभएको छ।’ वीरगञ्ज […]

राजनिति

भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो। […]

राजनिति

नेकपा विवाद फेरि सचिवालयमै फर्कियो, बैठक आज अपराह्न

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्केको शक्ति संघर्ष फेरि सचिवालय बैठकमै पुगेको छ । विवादका बीच जारी स्थायी कमिटी बैठक पटक/पटकको स्थगनमा परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो । केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड-माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र […]

राजनिति

नेकपा सचिवालय बैठक बस्दै

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग […]

राजनिति

नेकपाको स्थायी कमिटी बैठक आज, विवाद केन्द्रीय कमिटीमा लैजाने तयारी

काठमाडौँ – असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ । पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा […]