राजनिति

बागमती प्रदेशमा विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

२८ असार, हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । अविरल बर्षाका […]

राजनिति

राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन्, छलफलबाटै सुल्झिन्छ : प्रम ओली (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु उठ्नु स्वाभाविक भएको बताएका छन् । तर जुनसुकै राजनीतिक दलभित्र पनि बहस र विवाद हुने भन्दै त्यसलाई निष्कर्षमा पु-याउने दायित्व पनि सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको ओलीले शुक्रबार साँझ देशबासीको नाममा गरेको सम्बोधनमा उल्लेख गरेका छन् । […]

राजनिति

विपत्तिसँग जुध्न सात दिनका लागि नेकपाको स्थायी समिति बैठक स्थगित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको सेतोपाटीलाई बताएका छन्। श्रेष्ठले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने […]

राजनिति

सकियाे ओली–प्रचण्ड छलफल, सहमति भने भएन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको कुराकानी सकिएकाे छ। तर पछिल्लाे तीन दिन जस्तै आज पनि कुनै निष्कर्ष भने निस्कन सकेन । प्रम निवास बालुवाटारमा भएकाे साे वार्ता दुई अध्यक्षबीचमा मात्र भएकाे थाहा भएकाे छ । आजकाे वार्तालाई पनि बालुवाटार स्राेतले सकारात्मक […]

राजनिति

नेकपा स्थायी समिति बैठक असार २६ सम्म स्थगित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । पार्टीभित्रको विवाद मिलाउनका […]

राजनिति

पार्टीभित्र ममाथि षड्यन्त्र भयो, अब अदालत जान्छु : सरिता गिरी

काठमाडौं, २३ असार । समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले आफूलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताएकी छन् । उनले आफूलाई हटाउन पार्टीभित्र षड्यन्त्र गरिएको आरोप लगाएकी छिन् । समाजवादी पार्टीले मंगलबार कारवाही गर्ने निर्णय गरे लगत्तै उनले भनिन्, ‘अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै […]

राजनिति

ओली र प्रचण्डबीच छलफल सकियो, भोलि फेरि भेट्ने

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले सेतोपाटीलाई बताए। ‘दुई अध्यक्षबीच छलफल सकिएको छ। उहाँहरूबीच छलफल जारी रहन्छ,’उनले भने,’बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि […]

राजनिति

कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा, यस्तो छ कार्यतालिका

नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई जानकारी दिए। प्रदेशलगायत तल्ला निकायका अधिवेशन […]

राजनिति

ओली-प्रचण्डको भेट सकियो, ‘वान टु वान’ वार्ता जरूरी रहेको प्रचण्डको भनाइ

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकरात्मक भएको स्रोतको दाबी छ। ‘दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो,’अब छलफलका लागि क्रमश: वातावरण बन्दै गएको छ।’ आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन […]

राजनिति

पक्षबाट तीन-तीन नेता सहभागी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता सुरू भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि भोलिसम्म स्थायी कमिटी बैठक स्थगित गरेका उनीहरूले छलफललाई तीव्रता दिएका हुन्। आइतबार बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अरू नेताहरू पनि सहभागी छन्। प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु […]