राजनिति

अब प्रधानमन्त्रीको वास्तविक परीक्षा सुरु भयो : कांग्रेस

१८ जेठ, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्साको पक्ष र विपक्षमा मत राख्ने सबैको चासो थियो- नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याएको संविधान संशोधन विधेयकबारे प्रमुख विपक्षी नेपाली कांग्रेसले के निर्णय गर्ला ? जेठ १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले निर्णय गर्न समय मागेसँगै […]

समाचार

इतिहासमै पहिलोपटक ८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक […]

अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जी–७ बैठक स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो । सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । […]

राजनिति

नयाँ नक्सा समेट्ने संविधान संशोधन प्रतिनिधि सभामा पेश (भिडिओ)

संविधानको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ। कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेकी हुन्। संशोधन विधेयकमा कुनैपनि विरोधको सूचना परेको थिएन। विरोध सूचना नभएको जानकराी गराउँदै सभामुख अग्नि सापकोटाले कानुन मन्त्री तुम्बाहाङ्फेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए। विधेयक प्रतिनिधि सभामा […]

समाचार

आज इतिहासकै सुनौलो दिन, संबिधानमै नयाँ नक्सा पारित हुँदै

काठमाडौं – आइतवार प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयद्वारा जारी कार्यसूचीमा आइतवार ११ बजे बस्ने बैठमा विधेयक प्रस्तुत हुने उल्लेख गरिएको छ। कार्यसूचीअनुसार आइतवार बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक , २०७७ ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि उक्त विधेयकलाई बैठकमा पेश गरिनेछ। संशोधन […]

अन्तरास्ट्रिय

अमेरिकालाई डब्लुएचओबाट अलग हुने निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महामारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि […]

समाचार

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

धादिङ : धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।

अन्तरास्ट्रिय

नेपालबारे जथाभावी नबोल्न भारतीय मिडियालाई मोदीको निर्देशन

काठमाडौं– नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चिसिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अतिक्रमण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो । यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी नाकाबन्दी गरेका कारण नेपालमा मोदी र भारतपविरोधी अभियान नै चलेको छ । […]

राजनिति

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठेकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सरकारले गत बुधबार भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा रहेको नक्सा […]

समाचार

लकडाउन एकैपटक यति धेरै लम्ब्याउँने तर यस्तो मोडलमा खुकुलो बनाउँने

काठमाडौ । सरकारले लकडाउन एकैपटक धेरै लम्ब्याउने निर्णयको तयारीमा छ । लकडाउन एकैपटक लम्ब्याउने घोषणा गर्ने र नागरिकको जीवनशैलीमा सहज हुनेगरी खुकुलो बनाउँने मोडल तय गरिने निश्चित भएको हो । यसैले २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका […]