समाचार

भारतसँगका २२ वटा नाका बन्द हुँदै, निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सिसिएमसी० को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ । […]

राशिफल

पाथीभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, बैशाख १८ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १८ गते शनिबार इश्वी सन २०२१ मे १ तारीख बैशाख कृष्णपक्ष पञ्चमी तिथी मुल नक्षत्र शिव योग कौलव करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा गद योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु मजदुर दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य […]

आर्थिक

अपत्यारिलो संग घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौँ – आज साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा […]

समाचार

प्लाज्मा थेरापीले पनि सुधार नभएपछि जटिल बन्दै पूर्वरानी कोमलको स्वास्थ्य, भेन्टिलेटर लगिदै !

काठमाडौं – -कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ । कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उपचार भइरहेको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई अक्सिजनको मात्रा बढाइनुका साथै प्लाज्मा दिइएको छ। स्वास्थ्यमा सुधार नभएपछि बुधबार बेलुका उनलाई आईसियूमा सारिएको थियो। […]

समाचार

लकडाउन भर नेपाल टेलिकमले नमस्ते बाट नमस्ते कल फ्रि सेवा सुचारु गरेको छ

नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न […]

मनोरंजन

चर्चित गायक तथा मोडल प्रकाश सपुतलाई कोरोना पुष्टि (भिडियो सहित)

चर्चित लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। शुक्रबार सामाजिक संजालमार्फत आफूलाई कोरोना पुष्टि भएको उनले जानकारी दिएका छन्। हाल उनी काठमाडौं मेडिकल कलेजमा रहेका छन् । उनले सबैलाई कोरोनालाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । […]

मनोरंजन

एक छोरालाई जन्म दिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चाहरू जन्मेपछि डाक्टर नै चकित, विश्वभर बन्यो भाइरल (भिडियो सहित)

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्। बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन्। त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि […]

मनोरंजन

फुलबुट्टे सारी गाउने अफ्रिकी गायिकाले गाइन फेरि अर्को नेपाली गीत; केहि क्षणमै बन्यो भाइरल(भिडियो हेर्नुस्)

केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकपि्रय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो । यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले […]

समाचार

निषेधाज्ञामा एम्बुलेन्स चाहियो ? यि नम्बरमा फोन गर्नुहोस् महानगरका १० एम्बुलेन्स निशुल्क सेवामा छन्

काठमाडौ । कोरोनाको महामारी दोस्रो चरणमा पनि फैलिएपछि सरकारले विशेष सतर्कता अपनाएको छ । काठमाडौमा कोरोना संक्रमित भइ अस्पताल जानु पर्ने अवस्थाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा दिइएको छ । महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो । काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको जनाएको छ । […]

समाचार

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि […]